चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा दोहोरिए न्यौपाने
स्याङ्जा | माघ ६, २०८१
स्याङ्जा: चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा प्रकाश न्यौपाने दोस्रो पटक चयन भएका छन् ।
चौथौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानै सर्वसम्मत चुनिदै अध्यक्ष्मा दोहोरिएका हुन् ।
न्यौपाने नेतृत्वको सो समितिको वरिष्ठ उपाध्यक्षमा मणिप्रसाद पंगेनी, उपाध्यक्षमा वीरबहादुर गुरुङ, महिला उपाध्यक्षमा पुष्पा अर्याल, महासचिवमा गणेश राउत, सचिवमा जंगबहादुर गुरुङ, कोषाध्यक्षमा किरण खाँड र सहकोषाध्यक्षमा सिर्जना श्रेष्ठ चुनिए ।
यस्तै सदस्यहरुमा उमराज गुरुङ (राज), भिमनारायण कोइराला, श्याम बिक, भानबहादुर कुमाल, सूर्य गोतामे, गोपबहादुर बिक, अर्जुन रेग्मी, चुरामणी अर्याल र श्याम गुरुङ चयन भए ।
यसअघि उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँडले सबै क्षेत्रका व्यवसायीहरु उपभोक्तामुखी हुनुपर्ने धारणा राखे ।
उनले व्यवसाय नाफामुखीमात्र नभएर उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा चेम्बर अफ कमर्स स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मी, वडाध्यक्ष शेरबहादुर श्रेष्ठ (अमृत), उपाध्यक्ष पुष्पा अर्याल लगायतले बोलेका थिए ।
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

